बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

26
Shares
26
Shares

काठमाडौँ । पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालत (Supreme Court of Nepal) ले अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

सर्वोच्च अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रक्रियामा कानुनी विधि र निर्धारित मापदण्ड पूरा नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ। अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति माग्दा तथा स्वीकृति दिँदा प्रचलित कानुनअनुसारको प्रक्रिया पालना गरिएको नदेखिएको उल्लेख गरेको छ।

आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति माग गर्दा र प्रदान गर्दा कानुनी व्यवस्थाले निर्दिष्ट गरे बमोजिमको विधि र ढाँचा अवलम्बन भएको देखिँदैन।” अदालतले यस अवस्थालाई गम्भीर कानुनी त्रुटिका रूपमा व्याख्या गर्दै तत्कालका लागि देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम संरक्षण दिएको हो।

यस आदेशसँगै देउवा दम्पतीमाथि भइरहेको अनुसन्धान प्रक्रियामा कानुनी बहस थप चर्किने देखिएको छ। अदालतले आगामी सुनुवाइमा पक्राउ अनुमति सम्बन्धी सम्पूर्ण प्रक्रिया, प्रमाण र कानुनी आधारबारे विस्तृत अध्ययन गर्ने जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend