सिन्धुलीको सुनकोसी गाउँपालिका–५ सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेस विक रहेका छन्।
आइतबार दिउँसो नदीमा नुहाइरहेका बालकहरू डुबेर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य गरिएको थियो।

खोजतलासका क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend