कोलोराडो । कोलोराडोमा रहेको संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । संस्थाका वर्तमान अध्यक्ष वसन्त लम्सालको अध्यक्षतामा गत अप्रिल २७, २०२२६ मा बसेको कार्यसमितिको पुर्ण बैठकले सर्वसम्मत रूपमा निर्वाचन समितिको चयन गरेको हो ।
निर्वाचन समितिका सदस्यहरू:
संयोजक: डा. संगीता श्रोत्रिया
सदस्य: डा. आनन्द पौडेल
सदस्य: भुषणलाल श्रेष्ठ
संस्थाका निवर्तमान अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, संस्थाको विधान बमोजिम आठौँ कार्यकाल (२०२६–२०२८) का लागि कार्यसमिति चयन गर्न यो समिति गठन गरिएको हो। समितिलाई निर्वाचनको कार्य तालिका, कार्यविधि र प्रक्रिया निर्धारण गरी आगामी जुन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
सदस्यता सम्बन्धी व्यवस्था
नेपाली घरको हालै संशोधित विधान अनुसार संस्थामा ५ प्रकारका सदस्यता रहने व्यवस्था छ:
१. साधारण
२. आजीवन
३. संस्थागत
४. मानार्थ
५. गैर–नाफामुलक (Non-profit) सदस्य
नेपाली घरको बिधान अनुसार, संस्थालाई १ हजार डलरभन्दा बढी चन्दा दिने दाताहरूको हकमा श्रीमान्–श्रीमती दुवै जना स्वतः आजीवन सदस्य हुन पाउने प्रावधान छ ।
महत्वपुर्ण जानकारी: संस्थाको सदस्यता लिन सबैका लागि सधैँ खुला रहे तापनि निर्वाचन समिति गठन भइसकेकाले अब बन्ने नयाँ सदस्यहरूले यस पटकको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने छैनन् ।
नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल आगामी जुलाई १, २०२६ देखि विधिवत् रूपमा सुरु हुनेछ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend