अमेरिका — गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिकाले गैर आवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा आफ्ना सदस्यहरूबाट राय तथा सुझाव आह्वान गरेको छ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले नेपाल सरकारसँग गरेको सामूहिक छलफलपछि परराष्ट्र मन्त्रालयबाट प्राप्त उक्त विधेयकको मस्यौदामाथि सुझाव संकलन गर्न NCC अमेरिकाले सूचना जारी गरेको हो।
जारी सूचनामा मस्यौदासम्बन्धी कुनै पनि राय, सुझाव वा टिप्पणी भएमा secretariat@nrnusa.org इमेलमार्फत लिखित रूपमा पठाउन अनुरोध गरिएको छ। समय सीमा अत्यन्तै सीमित रहेकाले सदस्यहरूलाई भोलि साँझसम्म आफ्नो धारणा उपलब्ध गराउन आग्रह गरिएको छ।
यसैबिच, NRNA ICC ले पनि आधिकारिक सूचनामार्फत सबै सरोकारवालासँग अप्रिल २५, २०२६ (शनिवार) भित्र सचिवालयमा आफ्ना सुझाव पठाउन अनुरोध गरेको छ। मस्यौदाको प्रति समेत संलग्न गरिएको जनाइएको छ।
NRNA USA ले सदस्यहरूको सक्रिय सहभागिता र सहयोगप्रति आभार व्यक्त गर्दै विधेयकलाई अझ प्रभावकारी र समावेशी बनाउन सबैको योगदान आवश्यक रहेको उल्लेख गरेको छ।
सम्बन्धित मस्यौदा फाइल अनलाइनमार्फत उपलब्ध गराइएको छ ।
https://drive.google.com/file/d/1fg4xZ-A4rfEYu2ZAP-PTsjFj9IPYz3fX/view?usp=sharing
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend