काठमाडौँ । प्रख्यात व्यवसायी शेखर गोल्छालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार गोल्छालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि गरिएको छ। पक्राउसँग सम्बन्धित थप विवरण भने सार्वजनिक गरिएको छैन।
यसअघि आज बिहानैदेखि गोल्छा पक्राउ परेको भन्ने खबर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। सो हल्लापछि गोल्छाले आफू पक्राउ नपरेको बताएका थिए। तर, केही समयपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend