बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

साउन १ सम्म सबैलाई डिजिटल लाइसेन्स, २४ घण्टामै वितरण सुरु

साउन १ सम्म सबैलाई डिजिटल लाइसेन्स, २४ घण्टामै वितरण सुरु

37
Shares
37
Shares

काठमाडौँ, सरकारले ट्रायल पास गरी राजस्व तिरेका सेवाग्राहीलाई २४ घण्टाभित्रै गाडी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने नयाँ व्यवस्था लागु गरेको छ। यसले लाइसेन्स वितरणमा हुँदै आएको ढिलाइ र थुप्रिएको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागको सहकार्यमा काम दुई चरणमा अघि बढाइनेछ। अब नयाँ लाइसेन्स २४ घण्टामै छापिनेछ भने विगत तीन वर्षदेखि थुप्रिएका करिब २९ लाख लाइसेन्स असार मसान्तभित्र वितरण गरिने लक्ष्य राखिएको छ।

दैनिक करिब ४० हजारको दरले छपाइ भइरहेको छ। पुराना उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको छ भने आवश्यक कच्चा पदार्थसमेत उपलब्ध भइसकेको छ।

योजना सफल भए साउन १ गतेदेखि ‘पेन्डिङ स्लिप’ बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य हुनेछ। साथै, हुलाक सेवा मार्फत घरमै लाइसेन्स पुर्‍याउने तयारी पनि भइरहेको छ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend