बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ओली–लेखकको रिट खारेज, थप म्याद नथप्न सर्वोच्चको आदेश

ओली–लेखकको रिट खारेज, थप म्याद नथप्न सर्वोच्चको आदेश

68
Shares
68
Shares

काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले रिट खारेज गरे पनि दुवैलाई थुनामा राख्न अब म्याद थप नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

ओली र लेखकको हिजो मात्रै तेस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो। सर्वोच्चले सोही म्यादभित्र अनुसन्धान कार्य सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको छ।

आदेशमा भनिएको छ कि तोकिएको अवधिमा अनुसन्धान पूरा हुन नसकेमा म्याद समाप्तिपछि आवश्यक प्रक्रिया पूरा गरी दुवैलाई हिरासतबाट मुक्त गर्नुपर्नेछ र बाँकी अनुसन्धान बाहिरैबाट अघि बढाउनुपर्नेछ।

तीन दिनको सुनुवाइपछि जारी चार पृष्ठको आदेशमार्फत सर्वोच्चले जिल्ला अदालतले थपेको तेस्रो म्यादभित्रै आवश्यक सबै प्रक्रिया टुङ्ग्याउन स्पष्ट निर्देशन दिएको हो। यदि सरकारले नयाँ मुद्दा नथपेमा तोकिएको समय सीमाभित्र ओली र लेखकलाई रिहा गर्नुपर्ने निष्कर्ष आदेशमा उल्लेख छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend