बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

56
Shares
56
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारीगर्दै आफुले संसदीय राजनीतिबाट विश्राम लिएको जनाएका हुन् ।

यद्यपी, राजनीतिको संघर्ष भने जारी राख्ने समेत उनले जानकारी गराएका छन् । विज्ञप्तीमा भनिएको छ,‘संसदीय राजनीतिबाट सन्यास लिएपनि संघर्षको राजनीति जारी राख्नेछु । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने छु ।’

उनले दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको दाबी गरेका छन् । २०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापकको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार रहेको उल्लेख गरे ।

‘दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें । तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु,’ उनले भने, ‘२०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार थियो ।’

त्यसैगरी, फागुन २१ गतेकोे निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने पक्कापक्की भए पनि अन्तिम क्षणमा कार्यकर्ताको मनोबल गिर्न नदिन चुनावी मैदानमा उत्रिएको बताए ।

‘कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔँ भनेर मौका खोज्दाखोज्दै २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो,’ उनले भने, ‘तर साथीभाइको सल्लाह मान्दै उठेर ठीक गरेछु भन्ने लाग्छ ।’

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend