बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ललितपुर १ मा कांग्रेसका उम्मेदवार राणाको अग्रता कायमै

ललितपुर १ मा कांग्रेसका उम्मेदवार राणाको अग्रता कायमै

69
Shares
69
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले अग्रता लिएका छन् ।

हालसम्म १२ हजार ३ सय १३ मत गणना गरिसक्दा नेपाली कांग्रेसका राणाले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । साथै, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पछ्याइरहेका छन् । रास्वपाका महर्जनले ३ हजार १०७ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चेतनाथ सञ्जेलले २ हजार ७१५ मत प्राप्त गरेका छन् ।

ललितपुर क्षेत्र नं–१ मा हालसम्म सदर मत ११ हजार ८ सय ९० छ भने बदर मत ४२४ छ ।

निर्वाचन आयोगका अनुसार मतगणना निरन्तर जारी छ । ललितपुर –१ मा मतदाताको संख्या ७७ हजार ७ सय ३७ भएपनि करिब ५२ हजार मत खसेको आयोगले जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend