काठमाण्डौं । ग्रिसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवपरासी बर्दघाटका विकास गौतमको शव शनिवार राती नेपाल ल्याइएको छ । ग्रिसमा दुतावास समेत नभएको अवस्थामा परिवारले लास मगाई दिन सहयोगको अपिल गरे अनुसार नेपाल झिकाउन सहजीकरण गरेको रिटर्नी फेडेरेसन नेपालका सचिव ज्ञानु खवासले जानकारी दिनुभएको छ ।
रिटर्नी फेडेरेसन नेपालका विदेश विभाग प्रमुख समेत रहेका खवासले धेरै दिनको मेहनत र सहजीकरण पछि शव नेपाल ल्याउन सफल भएको बताएका छन् । मृतकका आफन्तहरूले शव नेपाल ल्याउन विषयमा तनावमा रहेको जानकारी गराएपछि विभिन्न निकायमा पहल गरिएको हो । रिटर्नी फेडेरेसन नेपालका प्रतिनिधिमण्डलले विभिन्न आवश्यक कागजात र पक्रिया पुरा गरेर सो कार्य गर्न सफल भएको छ । शनिवार राती ११ बजे एयरपोर्टमा लास बुझेर परिवारको जिम्मामा लगाएको थियो ।
यस अघि जुन ९ मा मलेसियामा मृत्यु भएका २१ वर्षीय रोहित कुमार मुखियाको शव नेपाल ल्याउन सहजीकरण गरेको थियो । फेडेरेसनले विदेशमा रहेका नेपालीहरू तथा रिटर्नीहरुको लागि परोपकारी कार्य तथा योगदान समेत गर्दै आईरहेको संगठनका महासचिव खेम कार्कीले जानकारीले दिएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend