बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागिता जोड

बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागिता जोड

32
Shares
32
Shares

उर्लाबारी । काठमाडौं महानगरपालिकाका प्रमुख तथा स्वतन्त्र राजनीतिक व्यक्तित्व बालेन्द्र साह (बालेन) उर्लाबारी आएका छन्।

उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्।

भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए।

स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभूत पूर्वाधारका समस्या उठाएका थिए। जवाफमा साहले नीति निर्माणमा नागरिकको सहभागना बढेमा समाधान सम्भव हुने बताउँदै परिवर्तन माथिबाट मात्र नभई तलबाट सुरु हुनुपर्ने बताए।

बालेनको उर्लाबारी आगमनलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । उनका समर्थकहरूले उनको स्पष्ट बोली र कार्यशैलीले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।
उर्लाबारी बसाइँका क्रममा शाहले स्थानीय अवस्था अवलोकन गर्ने र विभिन्न समूहसँग थप अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend