बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नागरिक दैनिकमा तालाबन्दी : माग पुरा नभएसम्म आन्दोलन जारी

नागरिक दैनिकमा तालाबन्दी : माग पुरा नभएसम्म आन्दोलन जारी

70
Shares
70
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ ।
श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि महासंघले बुधवार तालाबन्दी गरेको हो ।

महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ ।

महासंघका अनुसार लामो समयदेखि संवादको पहल हुँदाहुँदै पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको हो । उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने उल्टै नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र नागरिक शाखाका अध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
यसअघि पनि काम गरेबापतको पारिश्रमिक मागेपछि ३ जना कर्मचारीविरुद्ध मुद्दा लगाइसकेको छ । महासंघले श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend