बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदुत अर्बमबीच शिष्टाचार भेट

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदुत अर्बमबीच शिष्टाचार भेट

43
Shares
43
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ ।

त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनीधि सभाको निर्वाचनमा शान्ती सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए ।

राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend