काठमाडौँ – नेपाल बिधुत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङले आफ्नो “उज्यालो नेपाल” अभियानमा युवाहरूलाई सामेल हुन आग्रह गरेका छन् । उनले यो आह्वान काठमाडौँमा युवा सांसदहरूको एक कार्यक्रममा गरे ।
घिसिङले भने, “हामीले आफैँले नेपाललाई समृद्ध बनाउनुपर्छ। नेपालमा केही हुँदैन भन्ने सोच अब छोड्नुपर्छ। युवाहरूले नेतृत्व लिनुपर्छ।” उनले युवाहरूलाई आत्मविश्वासी बन्न र “सुन्न, सिक्न र नेतृत्व गर्न” प्रोत्साहन दिए । उनले देश बनाउने जिम्मेवारी युवापुस्ताको हो । साथै विदेशबाट फर्किएर काम गर्नुपर्छ, धेरै नेपालीले विदेशमा सिकेको ज्ञान देशमा प्रयोग गर्नुपर्छ । बत्ती मात्र होइन, अन्य क्षेत्रमा पनि उज्यालो चाहिन्छ ।
उनले “उज्यालो नेपाल” अभियानलाई नेपालको विकास, रोजगारी र आत्मनिर्भरताको लागि साझा प्रयास भन्नुभयो । उनले आफु अब कुनै पदमा जान चाहन्नन्, तर देश सेवामा लाग्ने बताए ।
घिसिङले अमेरिका र युरोपको यात्रा गर्दै छन् । न्युयोर्कमा उनी र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई जुलाई २७, २०२५ मा “ग्लोबल हिरो अवार्ड” दिइनेछ । त्यसपछि उनी युरोप पनि जानेछन् ।
कुलमान घिसिङले युवाहरूलाई नेपाललाई उज्यालो बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन्। उनको सन्देश सरल छ – “नेपाल बनाउन हामीले आफैँले सुरु गर्नुपर्छ !”

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend