बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राष्ट्रिय सभाका रिक्त पदका लागि आज मतदान हुँदै

राष्ट्रिय सभाका रिक्त पदका लागि आज मतदान हुँदै

39
Shares
39
Shares

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य चयनका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरिएको छ ।

आगामी २०८२ फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएपछि ती पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार एक मात्र रहेकाले नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आज मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानका लागि सातै प्रदेशमा छुट्टाछुट्टै मतदानस्थल र केन्द्र तोकिएको छ । कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, र बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतको प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीको प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ । आयोगले मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend