बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक

‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक

37
Shares
37
Shares

काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ ।

नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए ।

उनले भने,‘फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरल झैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए ।

फिल्ममा स्वयम् निर्देशक श्यामसँगै राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकाको रमणीय दृश्यमा गरिएको छ ।
छायाँकार समेत रहेका रविन आचार्य निर्माता रहेको उक्त श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको हो । उक्त फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।

यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दाससहितका गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend