बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

केपी ओली र बिद्या भण्डारीको झगडा बढ्दै, भण्डारीले भनिन् – “म फर्किन्न, डराउनेहरूलाई रोक्नुपर्छ”

केपी ओली र बिद्या भण्डारीको झगडा बढ्दै, भण्डारीले भनिन् – “म फर्किन्न, डराउनेहरूलाई रोक्नुपर्छ”

126
Shares
126
Shares

File Photo:
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति बिद्या भण्डारीबीचको मतभेद गहिरिदै छ। ओलीले पार्टीभित्र भण्डारीको पक्षमा बोल्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। यसले पार्टीमा डरको माहोल बनेको छ।

भण्डारी चाँहै अघि बढ्ने मनसायमा छिन्। उनले भनिन्, “म माझकिरातकी छोरी हुँ, कसैको डरले हिँडिन्न। म राजनीतिमा आइसकेँ, अब फर्किन्न। मेरो पक्षमा बोल्नेहरूलाई डराउने प्रयास हुँदैछ, यो रोकिनुपर्छ।”

एमालेको बैठकमा पहिले भण्डारीको पक्षमा बोल्ने नेताहरू अहिले चुप छन्। एक नेताले भने, “ओलीले डराएका छन्, त्यसैले खुलस्त बोल्न गाह्रो छ।” भण्डारीले आरोप लगाइन् कि पार्टीमा गुटबन्दी नेतृत्वले नै बनाएको हो। उनले भनिन्, “ओलीले आफू बाहेक अरू कसैलाई नेता मान्दैनन्। उनलाई लाग्छ पार्टीमा अरू सबै केटाकेटी हुन्।”

भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको विवाद छ । ओलीले “यो राजनीतिक निर्णय हो” भनेका छन् । भण्डारीले सोधिन्, “सदस्यता पेन्डिङमा हुन्छ ?” मदन भण्डारीको समारोहमा पनि दुईजनाबीच मतभेद छ । भण्डारीले उपाध्यक्षको नेतृत्वमा समिति बनाउन चाहिन्, तर ओलीले मानेनन् ।

ओलीले भण्डारीलाई सुझाए कि राष्ट्रपति भएकीले राजनीतिमा आउँदा आलोचना बढ्छ । तर भण्डारीले फर्किने बताइनन् । उनले भनिन्, “म २०३५ देखि एमालेमा छु । मेरो लागि दल नै प्रमुख हो ।” यसले एमालेमा तनाव बढाएको छ । भण्डारी अघि बढ्ने छिन् भने ओलीले कारबाही गर्ने देखिन्छ । यसले पार्टी फुट्ने डर समेत छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend