काठमाडौं । गायिका भावना आचार्यले लगभग एक वर्षको अन्तरालपछि आफ्नो नयाँ तीज गीत “सोच सोच केटी हो” सार्वजनिक गरेकी छिन् । उनको आधिकारिक युट्युब च्यानल “भावना आचार्य” मार्फत सोमबार यो गीत दर्शकहरूसम्म पुगेको हो। यस गीतमा उनलाई प्रसिद्ध गायक रामचन्द्र काफ्लेले स्वर साथ दिएका छन् ।
भावनाले यसअघि “बग्ने खोला बगी गो”, “बग्ने खोला-२”, “माया बस्ला फेरि” जस्ता चर्चित गीतहरू गाएकी छिन् । यस पटकको तीज गीत “सोच सोच केटी हो” का शब्द र संगीत पनि उनैको रचना हो। नितिन चन्द्रद्वारा निर्देशित यस गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, भावना आचार्य, राजन अधिकारी, अमृत आचार्य र नवीन किशोर देखिएका छन् । भिडियोको कोरियोग्राफी सुरेन बसेलले गरेका हुन् भने छायाङ्कन बिनोद बिष्टले गरेका छन्। सम्पादन शौखिन तिमिल्सिनाले गरेका छन् ।
यस गीतले प्रेम र बैवाहिक सम्बन्धका विषयमा पुरुष र महिला दुबैलाई सचेत गराउने सन्देश दिएको छ। भावनापूर्ण शब्द र मनमोहक संगीत भएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्दै गइरहेको छ ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend