सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

गजल

गजल

182
Shares
182
Shares

पुरानो कहानी परेको छ खोज्नु
बलेको दियोको उज्यालो छ खोज्नु

जलाई धरोहर बन्यौ राष्ट्रवादी
खरानी हटाएर माटो छ खोज्नु

बगाएर पसिना विदेशी रिझायाै
युवा देशमा फर्क बाँझाे छ ‌खाेज्नु

फलेका फुलेका रहेछन् प्रशस्तै
खुसी छैन माली गुनासो छ खोज्नु

म उन्ने छु माला सधैँ एकताको
मिलाउन सबै पुष्प धागो छ खोज्नु ।

*****
बहर- मुतकारिब मुसम्मन सालिम
अर्कान- फऊलुन्=4
वजन- 122X4
काफिया- ओ
रदिफ- छ खाेज्नु

  • प्रतिक्रिया दिनुहोस

    डा. ठाकुर मोहन श्रेष्ठ का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend