बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

विमान दुर्घटनाबाट जोगिए एमाले नेता अग्नि खरेल, भने– “धन्न सबैको ज्यान बच्यो”

विमान दुर्घटनाबाट जोगिए एमाले नेता अग्नि खरेल, भने– “धन्न सबैको ज्यान बच्यो”

68
Shares
68
Shares

काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा नेकपा (एमाले)का नेता अग्नि खरेल सकुशल रहेका छन्। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको एटीआर–७२ विमान अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएपछि दुर्घटना भएको हो।

विमानमा सवार खरेलका अनुसार केही बलिया यात्रुले विमानको गेट भत्काएर समयमै बाहिर निस्कन सकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो। उनले भने, “पछाडिको भाइले सिट भत्काएर बाटो नखोलेको भए हाम्रो अवस्था के हुन्थ्यो भन्न सकिन्न। धन्न सबै सुरक्षित रूपमा बाहिर निस्कन सफल भयौँ। आज त हामी सबै बाँच्यौँ, त्यो नै ठूलो कुरा हो।”

खरेलले दुर्घटनापछि देखिएका कमजोरीहरूको गम्भीर रूपमा छानबिन हुनुपर्ने आवश्यकता पनि औंल्याए। उनले भने, “के कारणले यस्तो दुर्घटना भयो भन्ने कुरा गहिराइमा केलाउनु पर्छ। यदि कमजोरी पहिचान गरेर सुधार गरिएन भने भविष्यमा फेरि यस्ता घटना दोहोरिन सक्छन्।”

दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका थिए। घाइतेमध्ये छ जनाको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने सहचालकको उपचार जारी रहेको जनाइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend