बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

48
Shares
48
Shares

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उनलाई आज उपचारका लागि वीर अस्पताल लगिएको हो ।

उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो । उनले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend