बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एलिनाले पूर्व पतिको कुटपिटको तस्वीर सार्वजनिक गरिन् र भनिन “अब चुप बस्दिनँ”

एलिनाले पूर्व पतिको कुटपिटको तस्वीर सार्वजनिक गरिन् र भनिन “अब चुप बस्दिनँ”

325
Shares
325
Shares

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो पूर्व पति विष्णु सापकोटाले उनलाई मारपिट गरेको तस्वीर सार्वजनिक गरेकी छन्। उनले विष्णुले उनलाई धेरै झूटा आरोप लगाएको बताउँदै अस्ट्रेलियामा कानुनी कारबाही गरिरहेको बताइन्।

एलिनाले भनिन्, “मैले मेरो पीडा बताएपछि फेरि मलाई सोधिन्छ – ‘किन अहिले?’ यो अन्याय हो।” उनले नेपाली समाज पुरुषप्रधान सोचले भरिएको भन्दै सत्य बोल्ने महिलालाई दोषी ठहर्याइन्छ भनेकी छन्।

उनले भनिन्, “यो लडाइँ केवल मेरो होइन, यो हरेक नेपाली महिलाको आवाज हो। म कानुन, समाज र नैतिकताको बाटोमा अगाडि बढ्नेछु। सत्य मेरो साथ छ, त्यसैले अब म चुप बस्दिनँ।”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend