बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने– देशभक्त शक्तिहरू सचेत हुन आवश्यक

रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने– देशभक्त शक्तिहरू सचेत हुन आवश्यक

46
Shares
46
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सम्झौता भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने क्रमशः सार्वजनिक भइरहेको’ बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताए ।

फेसबुकमा लेखेका छन्, ‘भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ ।’

उनी अगाडि लेख्छन्, ‘भदौ २३ र २४ को घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरू हुँदैछ ।’

उनले राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने समेत जनाएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend