बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनआइएचएसको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

एनआइएचएसको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

106
Shares
106
Shares

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।

उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।
‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । विशेषज्ञ डाक्टरहरुसँग शिुल्क परामर्श लिन सकिने व्यवस्था पनि गर्यौ । रगत जाँचमा पनि ५० प्रतिशत छुट दिएका थियौं ।’उनले भने

उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गरेको जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफुहरुको उद्देश्य रहेको उनले बताए ।

त्यस्तै शिविरमा स्वास्थ्य जाँचका लागि पुगेकी सुशिला राउतले शिविरमा राम्रो स्वास्थ्यजाँचको व्यवस्था रहेको भन्दै शिविर आयोजना गरेकोमा धन्यवाद दिइन् । गर्नुभएकोमा ‘यहाँ डाक्टरहरु पनि राम्रो हुनुहुँदो रहेछ । जाँच पनि राम्रो तरिकाले गर्नुहुुदोरहेछ । यस्तो निशुल्क शिविर आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु ।’उनले भनिन्

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend