बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सञ्चारमन्त्री खरेलले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक

सञ्चारमन्त्री खरेलले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक

44
Shares
44
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धिहरू सार्वजनिक गरेका हुन् । प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नवीकरणको काम सुरु भएको जानकारी गराए ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेर अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण लगायतका कार्यहरू सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

उनले भने,‘आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नवीकरणको काम सुरु भएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकी अनलाई सञ्चार माध्यमको दर्ता र नवीकरण लगायतका कार्यहरू सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ ।’

त्यस्तै स्वर्गीय पत्रकार सुरेश रजतको सहिद घोषणा गरिएको ,गोरखापत्रमा भाषा थप गरी ४६ भाषाको समाचार तथा लेख रचना प्रकाशन सुरु भएको उनले बताए । त्यस्तै उनले आफुले सय दिनमा उल्लेखनीय काम गरेको दाबी समेत गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend