बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर…बाँचौं रमेर’को म्युजिक भिडियो सार्वजनिक

मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर…बाँचौं रमेर’को म्युजिक भिडियो सार्वजनिक

59
Shares
59
Shares

काठमाडौं । वरिष्ठ कलाकार मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर…बाँचौं रमेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो सार्वजनिक समारोहमा बोल्दै कलाकार मिथिला शर्माले गीतले आफूलाई विगतका दिनहरूको सम्झना गराएको बताइन् ।
उनले भनिन्, ‘यो गीतमा काम गर्दा पहिला–पहिला भ्रमणमा जाँदा पाएको अनुभूति फेरि महसुस गरेँ । सबै मानिसभित्र आ–आफ्नै प्रतिभा लुकेको हुन्छ । प्रतिभा सबैसँग हुन्छ, त्यसलाई अगाडि ल्याउन बालबालिकाका लागि आमाबुवाको सहयोग आवश्यक हुन्छ भने त्यस्तै छोराछोरीले पनि आमाबुवालाई सहयोग गर्नुपर्छ ।’

आफ्नो कला यात्राबारे बोल्दै शर्माले समय कसरी बित्यो भन्ने थाहा नै नहुने अनुभव सुनाइन् । उनले भनिन्, ‘म कला क्षेत्रमा लागेर हुर्किँदै गर्दा आशीर्वाद दिने र साथ दिने सबैलाई सम्झँदै गर्दा कति समय बित्यो भन्ने नै थाहा भएन । कसरी नाचेँ, कसरी गाएँ, कसरी हिँडेँ भन्ने सम्झँदै जाँदा समय निकै छिटो बित्दो रहेछ ।’ ‘गयो उमेर’ बोलको गीतले उमेर, समय र जीवनका अनुभूतिहरूलाई प्रस्तुत गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend