बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकी दुतावास, नेपालको सहयोगमा ‘स्केलिङ इनोभेशन डायलाग सिरिज’ सुरु

अमेरिकी दुतावास, नेपालको सहयोगमा ‘स्केलिङ इनोभेशन डायलाग सिरिज’ सुरु

नेपाली स्टार्टअपलाई विश्व बजारसँग जोड्ने लक्ष्य

62
Shares
62
Shares

काठमाडौं । अमेरिकी दुतावास नेपालले Aadyanta Advisory र AmCham Nepal सँग साझेदारी गर्दै Seeding and Scaling Innovation परियोजनाअन्तर्गत ‘Scaling Innovation Dialogue Series’ सुरु गरेको छ । अमेरिका–नेपाल सहकार्यमा अघि बढाइएको यो पहलले दुवै देशका स्टार्टअपहरूलाई सशक्त बनाउने, नेपालको प्रविधि क्षेत्रको विकासलाई समर्थन गर्ने र दुई देशबीचको व्यावसायिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको छ ।

चार चरणमा सञ्चालन हुने यस कार्यक्रमले नेपाली उद्यमीहरूलाई अमेरिकी प्रविधि कम्पनीहरू, उद्योग विशेषज्ञ र परामर्शदातासँग जोड्दै नवप्रवर्तन–केन्द्रित आर्थिक विकासलाई गति दिनेछ। यसअन्तर्गत भइरहेको संवाद सत्रहरूमा दुवै देशका नेतृत्वकर्ताहरूले नैतिक र अत्याधुनिक एआई प्रयोग, अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन विकास, प्रविधि साझेदारीको प्रभावकारी उपयोग तथा व्यवसाय विस्तारका लागि आवश्यक पुँजी व्यवस्थापनजस्ता विषयमा आफ्ना अनुभव साझा गर्नेछन्।

परियोजनाबाट अमेरिकी व्यवसायहरू नेपाली सीप, प्रतिभा र नवप्रवर्तन क्षमतासँग जोडिनेछन्। उता, नेपाली स्टार्टअपहरूले विश्वस्तरीय व्यवसायिक अभ्यास, उद्योग नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष काम गर्ने अवसर तथा अमेरिकी नवप्रवर्तन प्लेटफर्महरूमा पहुँच पाउने अपेक्षा गरिएको छ।

यस सहकार्यले दुवै देशका उद्यमी तथा स्टार्टअपहरूलाई नयाँ आर्थिक अवसरसँग जोड्ने र विश्व बजारसम्मको पहुँच अझ सबल बनाउने विश्वास व्यक्त गरिएको छ।

Photo: US Embassy, Nepal

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend