बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

क्यान महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि थुनामा, निर्देशक भण्डारी ५ लाख धरौटीमा रिहा

क्यान महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि थुनामा, निर्देशक भण्डारी ५ लाख धरौटीमा रिहा

95
Shares
95
Shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार अधिकारीलाई थुनामा राखेर अघि बढ्ने निर्णय सुनाएको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीसँगै अनुसन्धानरत क्यानका निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।

नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते अधिकारी, भण्डारीसहित पाँचजनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायरपछि अधिकारी र भण्डारी अख्तियारको नियन्त्रणमा रहेर अनुसन्धान भइरहेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend