बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

शोभित बस्नेतको ‘पीआर’ अब अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि प्रदर्शन हुने

शोभित बस्नेतको ‘पीआर’ अब अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि प्रदर्शन हुने

61
Shares
61
Shares

काठमाडौँ । वरिष्ठ निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’ नेपालसँगै अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि प्रदर्शन हुने भएको छ। आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको प्रदर्शन अधिकार (Rights) ती दुई देशका लागि बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।

अधिकार खरिद र कारण चलचित्रको विदेश प्रदर्शन अधिकार ‘मि. श्रेष्ठ प्रोप्राइत्री लिमिटेड’ र ‘श्रेष्ठ फ्यासिलिटी म्यानेज्मेन्ट कम्पनी’ले खरिद गरेका हुन्। कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठका अनुसार, चलचित्रले बोकेको गम्भीर सामाजिक सन्देश र यसको विषयवस्तु आम मानिसले बुझ्नैपर्ने खालको भएकाले विदेश राइट्स खरिद गरिएको हो।

दर्शकको प्रतिक्रिया यसअघि अष्ट्रेलियाका विभिन्न स्थानमा चलचित्रको ‘विशेष शो’ (Special Show) आयोजना गरिएको थियो। उक्त शो हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए। सोही सकारात्मक प्रतिक्रिया र उच्च मागका कारण चलचित्रलाई व्यापक रूपमा प्रदर्शन गर्न लागिएको हो।

निर्माण र कलाकारहरू सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति, निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल, र लेखन गणेश बुढाथोकी छन ।

मुख्य कलाकारहरूमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पुजा चौधरी, आश्मा अधिकारी (मस्तानी), विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल लगायत छन। विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की छन ।

प्राविधिक पक्ष चलचित्रमा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ सायमी र सौरभ लामाको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend