बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु, दुई जनाले भागेर ज्यान बचाए

चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु, दुई जनाले भागेर ज्यान बचाए

70
Shares
70
Shares

बर्दिया । बर्दियामा सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९वर्षीया गोपी थारूको सामुदायिक वनमा घाँसकाट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न गएका साथीहरू भागेका थिए । पछि सामूदायिक वनमा खोजविन गर्दा मृत्यु भएको अवस्थामा थारूको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले बताए ।

सँगै घाँस काट्न गएका मध्ये दुई जना महिला भाग्ने क्रममा घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी इन्दिरा दहित र मनिषा दहित रहेका छन् । उनीहरूको बारबर्दिया नगरअस्पतालमा उपचार पश्चात् घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीले बताउनु भयो ।

चितुवा नियन्त्रणमा लिनका लागि पासो सहित प्रहरी र वन कार्यालयका प्राविधिक टोली पठाइको वरिष्ठ वन अधिकृत केसीले बताए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend