बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जेनजी आन्दोलनको तोडफोड–आगजनीले निजी क्षेत्रमा ३६ अर्ब क्षति पुगेको अर्थमन्त्री खनालको दाबी

जेनजी आन्दोलनको तोडफोड–आगजनीले निजी क्षेत्रमा ३६ अर्ब क्षति पुगेको अर्थमन्त्री खनालको दाबी

49
Shares
49
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी युवा आन्दोलनका क्रममा देशभर भएका तोडफोड र आगजनी घटनाबाट निजी क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक मुल्यांकन प्राप्त भएको बताएका छन्।

काठमाडौंमा आइतबार नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ५५ जिल्लामा १ हजार ९ सय ५७ संरचनामा क्षति पुगेको उल्लेख गरे। तीमध्ये निजी क्षेत्रका ४ सय १९ संरचनामा मात्र करीब ३६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक आएको उनले जानकारी दिए।

उक्त क्षतिबाट करिब २३ अर्ब रुपैयाँको बिमा दाबी दर्ता भएको पनि मन्त्री खनालले बताए। निजी क्षेत्रविरुद्ध नियन्त्रणमूखी प्रणाली नबनाइने स्पष्ट पार्दै उनले सरकार–व्यवसायीबीच विश्वासको वातावरण बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार नै निजी क्षेत्रलाई साथमा लिएर आर्थिक सुधार अघि बढाइने उनले दोहोर्‍याए।

अर्थमन्त्री खनालले अर्थतन्त्रमा गतिशीलता ल्याउन पूँजी बजार र घरजग्गा व्यवसायलाई सक्रिय बनाउनु आवश्यक रहेको बताए। घरजग्गा क्षेत्रले सामना गरिरहेका समस्याको समाधानका लागि सरकार प्रयासरत रहेको जानकारी पनि उनले दिए।

  • सम्बन्धित विषय:
    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend