बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘सबैको हाई हाई बन्न सकिँदैन’ भन्दै आइन् एलिना चौहान

‘सबैको हाई हाई बन्न सकिँदैन’ भन्दै आइन् एलिना चौहान

50
Shares
50
Shares

काठमाडौँ । गायिका एलिना चौहानको नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, सङ्गीत कस्तुप पन्तको रहेको छ ।

रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतको हरेक शब्द गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरे झैँ लाग्छ । रोमान्टिक शैलीको यो गतिको शब्द भने मर्मस्पर्शी छन् ।

सारथी म्युजिक प्रालिले उत्पादन गरेको गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा स्मारिका ढकालको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै १ लाख ७४ बढिले हेरिसकेका छन् । गीतको टिकटक समेत धेरै बनिरहेका छन् ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend