बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

फिर्ता बोलाइएका राजदुत: घिमिरेको राजीनामा, अरू फर्किंदै

फिर्ता बोलाइएका राजदुत: घिमिरेको राजीनामा, अरू फर्किंदै

43
Shares
43
Shares

काठमाडौँ । सरकारले ११ देशका नेपाली राजदुतहरूलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन बोलाएपछि उनीहरूको नेपाल फर्कने क्रम जारी छ।

युकेका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरेले भने आफुले पदबाट राजीनामा दिएको पुष्टि गरेका छन् । काठमाडौँ फर्केपछि परराष्ट्र मन्त्रालयका सचिवसमक्ष प्रगति विवरणसँगै राजीनामा बुझाएको उनले बताए । सम्मानजनक वातावरणमा काम गर्न नपाएकाले राजीनामा दिएको उनको भनाइ छ ।

फर्कने क्रम: परराष्ट्र मन्त्रालयले बिहीवारसम्म सबै राजदुतलाई काठमाडौँ फर्कन समय दिएको छ । अधिकांश राजदुतहरू यात्राको क्रममा रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताएका छन् ।

मन्त्रालयमा व्यवस्था: फिर्ता बोलाइएका राजदुतहरूको ज्ञान, सीप र अनुभवको उपयोग गर्न मन्त्रालयमै व्यवस्था मिलाइएको प्रवक्ता पौडेल क्षेत्रीले स्पष्ट पारे ।

अदालतको आदेश: सर्वोच्च अदालतले सरकारको फिर्ता बोलाउने निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पनि राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरिएको थियो। यो आदेशले कुटनीतिक नियोगहरूमा भने थप अलमल सिर्जना गरेको अधिकारीहरूको भनाइ छ ।

पृष्ठभुमि: गत साता अन्तरिम सरकारले अमेरिका, चीन, युके, रुससहित ११ देशका राजदुतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारलाई विश्वास नभएका कारण उनीहरूलाई बोलाइएको बताइएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend