सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

नेपालको टिपिएस् खारेज, सात हजार नेपाली प्रभावित

नेपालको टिपिएस् खारेज, सात हजार नेपाली प्रभावित

59
Shares
59
Shares

कोलोराडो । अमेरिकी गृह सुरक्षा विभागले नेपाल लगायत चार वटा देशको अस्थायी संरक्षित स्थिति (टिपिएस्) खारेज गर्न गरेको निर्णयलाई अमेरिकाको सर्वोच्च अदालतले अनुमति दिएको छ ।

अमेरिकाको ट्रम्प प्रशासनले धेरै अघिदेखि टिपिएस् खारेज गर्ने निर्णय गरेता पनि वोस्टनको सङ्घीय अदालतले यसलाई रोकेको थियो । अमेरिकी गृह सुरक्षा विभागले हिजो बिहीबार साँझ सार्वजनिक गरेको निर्णयअनुसार अब नेपाली टिपिएस् धारकहरूले २०२५ अगस्ट ५ सम्म अमेरिका छोड्न वा वैकल्पिक कानुनी स्थिति प्राप्त गर्नुपर्नेछ । हाल अमेरिकामा विश्वका करिब १७ देशका नागरिकलाई टिपिएस् सुविधा दिएको छ ।

नेपाललाई सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछि टिपिएस् प्रदान गरिएको थियो । उक्त सुविधा अन्तर्गत झन्डै १२ हजार ७०० नेपाली नागरिकले अमेरिका बसोबास र रोजगारीको अनुमति पाएका थिए ।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार, “नेपालमा अब पुनर्निर्माण र अवस्थाको सामान्यीकरण भइसकेकाले टिपिएसको आवश्यकता छैन” भन्ने ठहर गरिएको छ । यो निर्णयले करिब ७ हजार नेपाली टिपिएस् धारकहरू प्रत्यक्ष प्रभावित हुनेछन् । झन्डै ५७०० जनाले अन्य कानुनी माध्यमबाट ग्रिन कार्ड प्राप्त गरिसकेका छन् । यो निर्णयले अमेरिकामा रहेका आप्रवासी नेपालीहरूको भविष्यमा गम्भीर अन्यौलता ल्याएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend