बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भदौ २४ को विध्वंस: ७६ उपद्रवी पक्राउ, कसको के भुमिका ?

भदौ २४ को विध्वंस: ७६ उपद्रवी पक्राउ, कसको के भुमिका ?

76
Shares
76
Shares

काठमाडौँ – प्रहरीले गत २४ भदौमा भएको उपद्रो र विध्वंसमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ। ‘जेन-जी आन्दोलन’ पछि उत्पन्न परिस्थितिमा ३ जना प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरू प्रहरी हिरासतमा छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरी हत्यामा संलग्न ९ जनामध्ये ४ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने बाँकी ५ जनामाथि अनुसन्धान जारी छ।

को-को संलग्न थिए प्रहरी हत्यामा ?

पुर्पक्षका लागि थुनामा:
काभ्रेका युवराज क्याप्छाकी (२८) र मकवानपुरका सोनाम तामाङ भनिने बुद्धिलाल थिङ (२१) लाई महाराजगन्ज वृत्तमा असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । प्रहरीका अनुसार, थापालाई कार्यालयबाट तानेर बाहिर ल्याई लाठी, रड, इँटाले अन्धाधुन्ध प्रहार गरी हत्या गरिएको थियो।

पक्राउ परेका अन्य:
सामाजिक सञ्जालका भिडियो/फोटो विश्लेषणको आधारमा सिन्धुपाल्चोकका होमप्रसाद पौडेल (६२) र ललितपुरका टीकाराम विक (२८) पनि प्रहरी हत्यामा संलग्नको आरोपमा पक्राउ परेका छन्। पौडेलले माओवादी द्वन्द्वका बेला प्रहरीबाट यातना पाएकाले रिस पोखेको बयान दिएका छन्।

अन्य पक्राउ र बरामद:
अपराधिक उपद्रव/तोडफोड/आगजनी मा संलग्न ६३ जना, ज्यान मार्ने उद्योगमा १ र अभद्र व्यवहारमा ३ जनालाई पक्राउ गरिएको छ ।
कारागारबाट भागेका १३२ जना कैदीबन्दी पनि पक्राउ परेका छन् ।
हतियार बरामद: हराएका २२ नाल हतियार (४ ठूला र १८ साना) बरामद भएका छन् ।

बाणिज्य बैंक लुटपाट: संसद् भवन नजिकैको राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न २७ वर्षीय दीपक श्रेष्ठ र एक नाबालक पक्राउ परेका छन्। नाबालिगलाई सिरहा जाने क्रममा काभ्रेमा सुन र नगदसहित पक्राउ गरिएको थियो। बैंकबाट ४ करोड १३ लाखभन्दा बढी क्षति भएको र १७ किलो ७६९ ग्राम सुन लुटपाट भएको जाहेरी छ।

चोरी: जेन-जी आन्दोलनका बेला गोकर्णेश्वरमा डेराको कोठामा चोरी गरेको आरोपमा रेस्ता तामाङ सहित ३ जनामाथि उजुरी परेको छ।

जेन-जीको नाममा धम्की: सरकारी कर्मचारीलाई ‘जेन-जी’ को नाममा धम्की दिँदै हिँडेको आरोपमा अर्जुन शाही पक्राउ परेका छन्। उनको साथबाट अख्तियारमा कार्यरत एक असईको हराएको परिचय पत्र भेटिएको छ। उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको छ।

नक्कली पेस्तोल: ‘टीओबी’ को ज्याकेट लगाएर नक्कली पेस्तोल देखाएको भिडियो सार्वजनिक भएपछि तेन्जेन दाबा समेत हिरासतमा छन्।

यस अवधिमा जनसेवा प्रहरीको गाडी तोडफोड र भवनमा पेट्रोल बम प्रहार गरेको आरोपमा भारतीय नागरिक रोहित सारवगी सहित २ जना पक्राउ परेका छन्। साथै, उपत्यका अपराध अनुसन्धान कार्यालय तोडफोड गरी हतियार लुटपाटमा संलग्न भारतीय नागरिक निरज पोद्दार सहित ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

File Photo

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend