काठमाडौं । आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।
उक्त महत्त्वपुर्ण छलफलमा १० वटा राजनीतिक दलका नेताहरू सहभागी भएका थिए ।
बैठकमा सहभागी नेताहरूको विवरण यस प्रकार रहेको छ:
नेपाली कांग्रेस: गगन थापा र प्रकाशशरण महत
नेकपा (एमाले): शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली
नेकपा (माओवादी केन्द्र): वर्षमान पुन र पम्फा भुसाल
नेकपा (एकीकृत समाजवादी): राजेन्द्र पाण्डे र प्रकाश ज्वाला
राष्ट्रिय स्वतन्त्र पार्टी: स्वर्णिम वाग्ले र सोविता गौतम
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ
जनता समाजवादी पार्टी (जसपा): उपेन्द्र यादव र प्रकाश अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा): सर्वेन्द्रनाथ शुक्ल
नागरिक उन्मुक्ति पार्टी: रेशम चौधरी
नेपाल मजदुर किसान पार्टी (नेमकिपा): प्रेम सुवाल
जनमत पार्टी: चन्दन सिंह
यसका साथै, केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षक (Observer) का रूपमा बैठकमा उपस्थित रहेका थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend