बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

क्यानका महानिर्देशक प्रदीप अधिकारीमाथि सातदोबाटोमा ‘जेनजी’ युवकबाट दुर्व्यवहार

क्यानका महानिर्देशक प्रदीप अधिकारीमाथि सातदोबाटोमा ‘जेनजी’ युवकबाट दुर्व्यवहार

72
Shares
72
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि काठमाडौंको सातदोबाटोमा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।

सोमबार महानिर्देशक अधिकारी आफ्नो निवासतर्फ गइरहेका बेला एक अपरिचित युवकले उनीमाथि दुर्व्यवहार गरेको बताइएको छ। दुर्व्यवहार गर्ने ती युवकले आफुलाई ‘जेनजी’ (Generation Z) भनेर चिनाएका थिए ।

घटनापछि महानिर्देशक अधिकारीले तत्काल प्रहरीलाई खबर गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले घटनास्थल वरपरको सिसिटिभी फुटेज जाँच गरिरहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend