बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रवि लामिछाने र छविलाल जोशीको फाइल एकसाथ पेश गर्न उच्च अदालतको आदेश

रवि लामिछाने र छविलाल जोशीको फाइल एकसाथ पेश गर्न उच्च अदालतको आदेश

88
Shares
88
Shares

रुपन्देही । सुप्रिम सहकारी ठगी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पुर्व डीआईजी छविलाल जोशीको मुद्दाको फाइल एकैसाथ पेश गर्न आदेश दिएको छ ।

आफुहरूले बिगो बराबरको रकम बुझाएर बाहिरै बसी मुद्दा लड्न पाउनुपर्ने माग गर्दै लामिछाने र जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले सोही रिटमा सुनुवाइ गर्दै दुवै जनाको मुद्दाको फाइल एकसाथ पेस गर्न आदेश दिएको हो ।

यसअघि, जिल्ला अदालतले लामिछाने र जोशी दुवैले समान रकमको धरौटी (जमानत) बुझाए पनि उनीहरूको व्यक्तिगत हिस्सामा कति बिगो पर्छ भन्ने स्पष्ट नभएको कारण देखाउँदै रिहा गर्न नमिल्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको उक्त आदेशपछि उनीहरू उच्च अदालत पुगेका हुन् । ‘जेनजी आन्दोलन’ पछि पनि लामिछाने र जोशीको फाइल भने सुरक्षित (अदालतमा विचाराधीन) छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend