काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध आज (मंगलबार) एकै दिन सर्वोच्च अदालतमा १० वटा रिट निवेदन पेस भएका छन् ।
संसद् विघटन असंवैधानिक भएको जिकिर गर्दै ती रिटहरूमा प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार, मंगलबार १० वटा रिट निवेदनहरू अदालतमा दर्ताका लागि पेस गरिएका हुन् ।
रिट निवेदन पेस गर्नेहरूमध्ये अधिवक्ता कृतिनाथ शर्मा पौडेल, अधिवक्ता प्रेमराज सिलवाल, युवराज सफल पौडेल, बिपना शर्मा र आयुष बडालसहित मकबुल मियाँलगायत रहेका छन् ।
यद्यपि, आज पेस भएका यी सबै रिट निवेदनहरू दर्ता भैसकेका छैनन् । अदालत प्रशासनले जनाएअनुसार, पेस भएका रिटहरूमाथि आवश्यक अध्ययन र छानबिनपछि मात्र दर्ता गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिइनेछ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend