काठमाडौं । ‘टीओबी’ (TOB) लेखिएको ज्याकेट लगाएर ‘जेनजी आन्दोलन’ भड्काएको आरोप लागेका तेन्जेन दावाले सामाजिक सञ्जालमा देखाएको हतियार (पेस्तोल) नक्कली भएको पुष्टि भएको छ।
प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त पेस्तोल सक्कली नभएको निष्कर्ष निकालेको हो । अनुसन्धानका क्रममा यो पनि खुलेको छ कि उनले काठमाडौंको बिजुली बजार पुलमा पेस्तोल बोकेर बनाएको भिडिओ करिब एक वर्ष पुरानो रहेछ। उनले टिकटक (TikTok) मा ‘भ्यूज’ बढाउनका लागि नक्कली पेस्तोल बोकेर उक्त भिडिओ बनाएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले तेन्जेनको साथबाट अन्य नक्कली पेस्तोलहरू पनि फेला पारेको बताएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend