बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रहस्यमय राहदानी: बिदाको दिनमा देउवा र आरजुले कसरी लिए कुटनीतिक पासपोर्ट?

रहस्यमय राहदानी: बिदाको दिनमा देउवा र आरजुले कसरी लिए कुटनीतिक पासपोर्ट?

62
Shares
62
Shares

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणाले गत असोज ३ गते (संविधान दिवस, सार्वजनिक बिदाको दिन) कूटनीतिक राहदानी लिएको विषयमा सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना भएको छ। निवासमा तोडफोड र कुटपिटपछि अस्पतालमा उपचाररत रहेकै बेला उनीहरूले राहदानी लिएकाले उपचारको बहानामा देश छाडेर भाग्न खोजेको आरोप लागेको छ।

परराष्ट्र र राहदानी विभागका अधिकारीहरूले विशिष्ट पदाधिकारीका रूपमा देउवा दम्पतीलाई कार्यालयमा नबोलाई ‘मोबाइल किट’ प्रयोग गरी उनीहरूको फोटो र बायोमेट्रिक्स लिएर राहदानी उपलब्ध गराएको पुष्टि गरेका छन् ।

बिदाको दिनमा राहदानी जारी गरिएको विषयमा विभागले राहदानी अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले र देउवा दम्पती अस्पतालमा उपचाररत रहेकाले मानवीय आधारमा टोली खटाएर सेवा दिइएको बताएको छ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले राहदानी प्रत्येक नागरिकको अधिकार भएको र उनीहरूलाई राहदानी जारी नगर्नु भनेर कुनै निकायबाट निर्देशन नआएकाले जारी गरिएको स्पष्ट पारेका छन् ।

थाइल्यान्ड भिसाको विवाद:
देउवा दम्पतीले थाइल्यान्डको भिसा लिएको विषयले पनि विवाद निम्त्याएको छ। तर, परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र थाइल्यान्डबीचको सम्झौताअनुसार कूटनीतिक राहदानीवाहक नेपालीलाई थाइल्यान्ड भ्रमण गर्न अग्रिम भिसा आवश्यक पर्दैन र उनीहरूले ९० दिनसम्मका लागि भिसा छुट को सुविधा पाउँछन्। यद्यपि, भिसा छुट सुविधा हुँदाहुँदै भिसा किन लगाइयो भन्नेबारे देउवाको सचिवालयले प्रतिक्रिया दिएको छैन।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend