बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अविरल वर्षाको कहर: त्रिभुवन विमानस्थलका सबै आन्तरिक उडान बन्द, दर्जनौँ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

अविरल वर्षाको कहर: त्रिभुवन विमानस्थलका सबै आन्तरिक उडान बन्द, दर्जनौँ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

58
Shares
58
Shares

काठमाडौं । शनिबार बिहानैदेखि सुरू भएको अविरल वर्षा र त्यसले निम्त्याएको मौसमी प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गरिएका छन् ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, मध्यान्हदेखि आन्तरिक उडान बन्द गरिएको हो र अर्को सुचना नआएसम्म उडान पुनः सञ्चालन नहुने जानकारी दिइएको छ ।

शनिबार आन्तरिकतर्फ १५ वटा उडान रद्ध गरिएका छन्। बुद्ध एयरका ९, यतीका ४ र श्री एयरलाइन्सका २ उडान रद्ध भएका छन् ।

अपरान्हदेखि रातिसम्म तय गरिएका एयर इन्डियाका तीन वटा उडान रद्ध गरिएका छन् । यसका साथै, मुम्बई, नारिता, कुनमिङ, आबुधाबी र दोहाबाट आएका दर्जनौं अन्तर्राष्ट्रिय उडानहरू लखनउ, दिल्ली, ढाका, बनारस लगायतका विमानस्थलमा डाइभर्ट गरिएको छ ।

महाप्रबन्धक पाण्डेले कम्तीमा दुई दर्जन अन्तर्राष्ट्रिय उडानहरू मौसमी प्रतिकुलताका कारण अन्योलग्रस्त रहेको बताउनुभएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend