बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ट्रम्पद्वारा विदेशी चलचित्रमा १००% कर (ट्यारिफ) लगाउने घोषणा

ट्रम्पद्वारा विदेशी चलचित्रमा १००% कर (ट्यारिफ) लगाउने घोषणा

73
Shares
73
Shares

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिका बाहिर बनेका सबै चलचित्रहरूमा १०० प्रतिशत महसुल (ट्यारिफ) लगाउने घोषणा गर्नुभएको छ ।

ट्रम्पले यो महसुल कहिलेदेखि लागु हुन्छ भनेर स्पष्ट पार्नुभएको छैन । यदि यो लागु भएमा, यो कुनै वस्तु (Goods) मा नभई सेवा (Service) मा लगाइने पहिलो महसुल हुनेछ ।

ट्रम्पको तर्क छ कि अन्य देशहरूले कर छुट दिएर फिल्म निर्माताहरूलाई आकर्षित गरेकाले अमेरिकी राज्यहरू, विशेषगरी क्यालिफोर्नियालाई ठुलो मार परेको छ ।

मे महिनामा पहिलो पटक यो कुरा उठ्दा हलिउड चकित परेको थियो । उद्योगका जानकारहरूले यो घोषणा “अचम्मलाग्दो” भए पनि ट्रम्पसँग यसलाई लागु गर्ने अधिकार क्षेत्र नभएको र कार्यान्वयन गर्न गाह्रो हुने बताएका छन् ।

ट्रम्पको यो पोस्टपछि आज सोमबार बिहान नेटफ्लिक्स (NFLX) को शेयर १% ले घटेर खुल्यो । चलचित्रबाहेक, ट्रम्पले अन्य धेरै वस्तुहरूमा पनि महसुल लगाउने तयारी गरिरहनुभएको छ, जसमा ब्रान्डेड औषधिहरूमा १००%, ठुला ट्रकहरूमा २५%, भान्साका क्याबिनेटमा ५०% र आयातित फर्निचरमा ‘ठुलो’ महसुल लगाउने योजना रहेको बताइएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend