बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

साना तथा घरेलु उद्योगको विकासका लागि सरकार प्रतिबद्ध छ: मन्त्री सिन्हा

साना तथा घरेलु उद्योगको विकासका लागि सरकार प्रतिबद्ध छ: मन्त्री सिन्हा

224
Shares
224
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले देशको अर्थतन्त्र बलियो बनाउन लघु, घरेलु तथा साना उद्योगको महत्त्वपुर्ण भुमिका रहेको बताउनुभएको छ। उहाँले यस्ता उद्योगहरूको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरूसँग सिंहदरबारमा भएको भेटमा मन्त्री सिन्हाले साना उद्योगहरू आफ्नो र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “छोटो समयका लागि यो जिम्मेवारीमा छु, तर सकेसम्म पहल गर्नेछु ।”

मन्त्री सिन्हाले स्वदेशी वस्तुको प्रयोगलाई सरकारले प्राथमिकता दिएको बताउँदै यसले रोजगारी बढाउने, स्थानीय उद्योगलाई बलियो बनाउने र आयात घटाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकारी खरिद प्रक्रियामा स्वदेशी उत्पादन, विशेष गरी फर्निचर र निर्माण सामग्रीलाई प्राथमिकता दिने नीति लागु गरिने जानकारी दिनुभयो।

कार्यक्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकको चर्को ब्याजदरले साना उद्यमीहरूलाई ऋण तिर्न गाह्रो भएको भन्दै ब्याजदर घटाउन र ऋणको पुनर्संरचना गर्न आग्रह गर्नुभयो। उहाँले साना उद्योगका लागि सहुलियतपूर्ण कर्जाको सीमा ३ करोड पुर्‍याउन र २ देखि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन पनि माग गर्नुभयो ।

त्यसै गरी, महासंघकी केन्द्रीय महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रिता अवालले महिला उद्यमीहरूले सञ्चालन गरेका उद्योगहरूलाई सहुलियतपुर्ण कर्जा दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

उक्त भेटघाटमा उद्योग मन्त्रालयका सचिवहरू, महासंघका उपाध्यक्ष लगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend