नुवाकोट । गायक प्रताप दास र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ को भिडियो सार्वजनिक गरिएको छ। नुवाकोटको विदुरस्थित शिवालय सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतमा व्यवसायी सन्तोष सरगम अधिकारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। रोशन दास निर्देशित भिडियोमा सन्तोष सरगम अधिकारीको जीवन र सफलताको कथालाई देखाइएको छ ।
नितेश घतानले खिचेको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन् । भिडियोमा सन्तोष सरगम अधिकारी र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ भने नारायण बिक र रुपा पुडासैनीले पनि अभिनय गरेका छन् । भिडियोमा सन्तोष र प्रियनाको जोडी सुहाएको देखिन्छ ।
यो सन्तोष सरगमको पहिलो म्युजिक भिडियो हो र यसमा नुवाकोटका सुन्दर दृश्यहरू समेटिएका छन्। शिवालय सिनेप्लेक्सका सञ्चालकसमेत रहेका सन्तोषले यस गीतले पाउने प्रतिक्रियाका आधारमा नेपाली संगीत क्षेत्रमा निरन्तर लाग्ने बताएका छन्। भिडियोलाई सरोज पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend