बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

स्वास्थ्य मन्त्रीको नियुक्ति रोकियो

स्वास्थ्य मन्त्रीको नियुक्ति रोकियो

40
Shares
40
Shares

काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर सोमबार चार जनाले मात्र शपथ लिए। स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएकी संगीता कौशल मिश्राको नियुक्ति भने रोकिएको छ।

सरकारका एक मन्त्रीका अनुसार मिश्राविरुद्ध आर्थिक अनियमितताको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्रीले तत्काल होल्ड गरेका हुन्।

६ महिनादेखि बिदामा रहेकी मिश्राले ‘जेन–जी’ आन्दोलनपछि स्वास्थ्य मन्त्रालयमा हाजिर गरेर आइतबार अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर राजीनामापछि उनको विरुद्ध गुनासो बढेपछि शपथ स्थगित गरिएको हो।

अख्तियारका अनुसार मेडिकल उपकरण खरिदमा अनियमितताको आरोप लागेकाले मिश्रासहित केही स्वास्थ्य कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। उनीमाथि उपकरण खरिद र भुक्तानी प्रक्रियामा अनियमितता गरेको उजुरीसमेत दर्ता छ।

मिश्रा २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी थिइन् र पछि खुला प्रतिस्पर्धामार्फत पुनः सेवामा फर्किएकी थिइन्। उनले कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जिम्मेवारी सम्हालिसकेकी छिन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend