काठमाडौँ । जेन-जी आन्दोलनका नेता सुदन गुरुङले आफुमाथि आक्रमणको प्रयास भएको बताएका छन् । उनले यसको पछाडि नेकपा एमालेका नेता महेश बस्नेतको हात हुन सक्ने शङ्का व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै गुरुङले आफूलाई मोटरसाइकल र गाडीले पछ्याएको जानकारी दिएका छन् । उनले भनेका छन्, “एउटा होन्डा साइन बाइक र पल्सर बाइकले मलाई पिछा गरिरहेका थिए, बिच-बीचमा गाडी पनि थिए ।”
यस घटनापछि उनले आफ्ना समर्थकहरूलाई भने, “यदि मलाई केही भयो भने, तिमीहरूले यो आन्दोलनलाई अगाडि बढाउनुपर्छ।” उनले अहिलेका राजनीतिक दलहरू नसुध्रिने भन्दै सबै युवाहरूलाई एकजुट हुन पनि आग्रह गरे ।
गुरुङले आफूलाई महेश बस्नेतले नै आक्रमण गर्न खोजेको हुन सक्ने बताए। “महेश बस्नेत अंकल खुब उफ्रिरहनुभएको छ, उहाँले मलाई खुल्ला चुनौती दिनुभएको रहेछ,” उनले भने, “सायद उहाँ नै हुनुहुन्छ ।”
उनले आफुलाई स्थानीय मानिसहरूले बचाएको पनि दाबी गरे ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend