बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

धरान मेयर हर्क साम्पाङले देश संकटमा परेको बेलामा आफुले देखाएको साहस र देशप्रतिको चिन्तालाई गम्भीरतापुर्वक लिन आग्रह

धरान मेयर हर्क साम्पाङले देश संकटमा परेको बेलामा आफुले देखाएको साहस र देशप्रतिको चिन्तालाई गम्भीरतापुर्वक लिन आग्रह

138
Shares
138
Shares

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले देश संकटमा परेको बेलामा आफुले देखाएको साहस र देशप्रतिको चिन्तालाई गम्भीरतापुर्वक लिन आग्रह गरेका छन्।

उनले भनेका छन्, “देश संकटमा परेपछि तीन करोड नेपालीमध्ये ‘म गर्छु’ भनेर आउने कोही नआएको अवस्थामा मैले साहस देखाएको हुँ ।”

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले आफुले कसैलाई ‘मलाई प्रधानमन्त्री बनाइदेऊ’ भनेको नभन्ने स्पष्ट पारे ।

उनले भने, “मैले कसैलाई मलाई प्रधानमन्त्री बनाइदेऊ भनेको होइन । जनताको चाहना त्यस्तो छ भनेर मैले सुनाएको मात्र हो । देश संकटमा परेको बेला सबैले पछि हटिरहेका थिए, डराइरहेका थिए, त्यति बेला मैले ‘यो देश म जोगाउन सक्छु’ भनेर साहस देखाएको हुँ । देशमा यति ठुलो संकट आइपरेको बेला म धरानमा बसेर मज्जाले समय काट्न वा फेसबुकमा स्ट्याटस लेखेर बस्न सकिनँ ।”

उनले आफुमा युवा जमातको विश्वास रहेको पनि बताए । उनका अनुसार, युवाहरूले उनलाई मन पराउँछन् र उनले भ्रष्टाचार गर्दैनन् र भविष्यमा भ्रष्टाचारीहरूलाई पनि कडाइका साथ समात्नेछन् भन्ने विश्वास युवाहरूमा रहेको छ ।

अन्तरवार्ताको पुरा भिडियो

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend