बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

आन्दोलनका कारण चलचित्र प्रदर्शन रोकियो, ‘जारी–२’ समेत सारियो

आन्दोलनका कारण चलचित्र प्रदर्शन रोकियो, ‘जारी–२’ समेत सारियो

68
Shares
68
Shares

काठमाडौँ । देशभर जारी आन्दोलन र कर्फ्युका कारण हाल प्रदर्शनमा रहेका सबै नेपाली चलचित्रहरू रोकिएका छन्। यसले फिल्म उद्योगलाई ठुलो नोक्सानी पुर्‍याएको छ।

भदौ २० गते रिलिज भएको खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’ तीन दिनमै रोकियो। फिल्मका अभिनेता दयाहाङ राईका अनुसार अब कहिले पुनः रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

यसै गरी राम्रो व्यापार गरिरहेको ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ पनि ५०/६० सो चलिरहेको अवस्थामा रोकिए। ‘गुन्यु चोलो’, सरोज पौडेल निर्देशित ‘कोसेढुंगा’ र प्रदर्शनमै आएको ‘मोहर’ पनि प्रभावित भए ।

गत शुक्रवार रिलिज हुने तयारीमा रहेको ‘अभिमन्यु’ समेत रोकियो। निर्माता विनोद पौडेलले निषेधाज्ञा र देशको परिस्थितिका कारण तोकिएको मितिमा फिल्म ल्याउन नसकिएको बताए।

यस्तै, असोज ३ गते रिलिज हुने भनिएको उपेन्द्र सुब्बा निर्देशित ‘जारी–२’ पनि स्थगित भएको छ। निर्माता रामबाबु गुरुङले अहिलेको परिस्थितिमा फिल्म रिलिज गर्नु उपयुक्त नदेखिएको भन्दै वितरकहरूसँग छलफल गरेर नयाँ मिति तय गर्ने बताए।

फिल्मकर्मीहरूले देशको अवस्था सामान्य भएपछि मात्र पुनः रिलिज गर्ने तयारी गर्न लागेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend