काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।
प्रधानमन्त्री कार्की आज अपराह्न वीर अस्पतालस्थित ट्रमा सेन्टर पुगेर उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै चिकित्सकसँग विस्तृत जानकारी लिएकी हुन्।
ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार हाल सेन्टरमा ३६ जना घाइते उपचाररत छन्। तीमध्ये ६ जना सघन उपचार कक्ष (आइसियु) मा छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जानकारी उनले प्रधानमन्त्रीलाई दिएका छन्।
डा. रिजालले केही घाइतेको शल्यक्रिया (अपरेसन) गर्नुपर्ने तर गम्भीर चोटपटकका कारण तत्काल शल्यक्रिया गर्न नसकिएको पनि बताए । प्रधानमन्त्री कार्कीले घाइतेहरूप्रति सहानुभूति प्रकट गर्दै राज्यतर्फबाट आवश्यक उपचार सहयोग हुने आश्वासन दिएकी छिन्।
Photo: Social Media
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend